उर्लाबारीको रातेहोलीमा कल्भर्ट निर्माण 



मोरङ, असार १३

मोरङको उर्लाबारी नगरपालिका – १ स्थित रातेहोलीमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाको रु २० लाख ४० हजार, स्थानीय मनोहर सामुदायिक वनको ३ लाख र उपभोक्ताको ६० हजार लागतमा कल्भर्ट निर्माण गरिएको हो ।

कल्भर्टको आज एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गर्नुभयो । निर्माण सुरु भएको दुई महिनामै उद्घाटन भएको कल्भर्टको लम्बाई ३० फिट र चौडाई १६ फिट रहेको छ ।

कल्भर्ट निर्माण भएपछि उर्लाबारी १ र ५ नम्बर वडाका बासिन्दाहरु लाभान्वित भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोबिन्द भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्