घरेलु मदिरा सेवनले एकै होटलमा चार जनाको मृत्यु



जनकपुरधाम, असार १४
धनुषामा एकै टोलमा घरेलु मदिरा सेवनका गरेका चार जनाको मृत्यु भएको छ । एक जना सिकिस्त छन् । घरेलु मदिराले जिल्लाको कमला नगरपालिका–५ लक्कड निवासी दलित समुदायका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडान निवासी ४५ वर्षीय साबिर अन्सारी र ३६ वर्षीय मणि पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिए ।

सिकिस्त बिरामी जामनु पासवानको अवस्था पनि चिन्ताजनक रहेको छ । उनको अहिले जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । स्थानीय सिँग्याही मडान चोकको एक भट्टीमा उनीहरुले घरेलु मदिरा सेवन गरेपछि बिरामी भएका थिए ।

घरेलु मदिरामा प्रयोग हुने अखाद्य वस्तुहरुका कारण उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News