धादिङ केन्द्रविन्दु भएर पाँच रेक्टरको भूकम्प



काठमाडौं, असार १४
आज विहान ९ बजेर ५२ मिने जाँदा धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । धादिङको सुनौलो बजारको उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको क्षतिको विवरण के कति भयो भन्ने विवरण भने आउन सकेको छैन ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्