राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत



काठमाडौँ, असार १४

प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअअघिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचनसम्बन्धी विधेयकलाई अध्यादेशका नल्याउन प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय सभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News