मोटरसाइकल चालकको मृत्यु



झापा, असार १५

पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाउँपालिकामा गएराती ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ त २७९२ नम्बरको ट्याक्टरले कमल गाउँपालिका –३ चुलाचुली मोडमा विपरित दिशाबाट आउँदै गरेको मे १० प १८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इलाम चुलाचुली गाउँपालिका –२ का २६ वर्षीय साङगेन राईको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टरको ठ्क्करबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमकस्थित लाईफलाईन अस्पताल लगिएको थियो । उहाँको सोही अस्पतालमा गएराती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टरका चालक ट्याक्टर छाडेर फरार भएकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News