पार्टीमा सबै एक हुनुको विकल्प छैन : सभापति देउवा



भक्तपुर, असार १५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–“आगामी दिनमा सबै एक भएर अगाडि बढे काँग्रेस पुनः देशको एक नम्बरको पार्टी बन्छ, सबैलाई आफ्ना कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्न म आग्रह गर्दछु ।”

सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको भन्दै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको बताउनुभयो ।

रोपाइँ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डिना संग्रौला, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नगरसभापति यादव अधिकारीलगायत सहभागि थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News