नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा
![](https://www.deshkonews.com/wp-content/uploads/2018/01/muglin.jpeg)
चितवन, असार १८
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती स्थानमा पहिरो खसेसँगै सवारी एकतर्फी मात्र चलेका हुन् । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ । रासस
प्रकाशित मिति: १८ असार २०७५, सोमबार