हात्तीको आक्रमणबाट मृत्यु



मोरङ, असार १८

बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट आज एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

राजमार्ग किनारमा टेण्टभित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले महतोलाई आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो । महतोसँगै सुतेका अन्य दुईजनाले भागेर ज्यान जोगाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News