दुई विधेयक पारित



काठमाडौँ, असार १८

राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ पारित गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बुधबार ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News