धनकुटामा खानेपानी वितरण अवरुद्ध



धनकुटा, असार १८

बाढीले पाइप बगाएपछि धनकुटा नगर क्षेत्रमा वितरण हुँदै आएको खानेपानी वितरण अवरुद्ध भएको छ । धनकुटा नगरपालिका १ स्थित छर्छरे देवी खोलाको मुहानमा बाढीले क्षति पुर्याएपछि समस्या भएको हो ।

३० मिटर पाइप बगाएपछि धनकुटा नगरपालिका ४, ५ र ७ वडामा खानेपानी वितरण हुन नसकेको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष द्रोणप्रसाद गुरागाईंले बताउनुभयो ।

उक्त क्षेत्रका कम्तीमा २ हजार ५ सय धारामा पानी वितरण हुन कठिनाइ भएको उहाँले सुनाउनुभयो  । तर नगर क्षेत्रका अधिकांश स्थानमा गत महिनादेखि नै खानेपानी वितरणमा अनियमिता हुँदा मर्कामा पर्दै आएको उपभोक्ताको गुनासो छ ।

आंशिक रूपमा वितरण हुँदै आए पनि पाइप बगाएपछि नगरका अधिकांश स्थानमा खानेपानी वितरण कार्य प्रभावित भएको जनाइएको छ । क्षति भएको स्थानमा प्राविधिक टोली खटाएर मर्मतको प्रयास भइरहेको

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्