टिपरको ठक्करबाट दुईको मृत्यु



झापा, असार १८

झापाको गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन् ।

गौरादह–१ नीलगिरि प्लटिङ नजिकै मे ४ प १४४७ नं को मोटरसाइकललाई ना ३ ख ८४७४ नं को टिपरले ठक्कर दिँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा मोटरसाइकल चालक मेनपा –८ का २० वर्षीय प्रवेश भण्डारी गम्भीर घाइते भएका छन् । भण्डारीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएलगत्तै ब्रेक लगाउँदा चिप्लिएर टिपर पल्टिएको र सोही टिपरले किचेर मोटरसाइकल पछाडि बस्ने भण्डारी र बरालको घटनास्थालमै मृत्यु भएको बताइएको छ ।

टिपर चालक उर्लाबारी–१ मोरङका ४९ वर्षीय चन्द्रबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News