भेलले बगाउँदा चारको मृत्यु



नेपालगन्ज, असार १८

विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् ।

जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आकलन गर्दै समितिअन्तर्गतका विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News