प्रधानसेनापति क्षत्री चीन भ्रमणमा जाँदै



काठमाण्डौ, असार १९

प्रधानसेनापति राजेन्द्र क्षत्री आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सेनापति क्षत्री १० दिन लामो चीन यात्रामा निस्कन लाग्नुभएको हो ।

भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले चीनका उच्च पदस्थ सैन्य तथा अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चीन यात्राकै क्रममा क्षत्रीले मित्रराष्ट्र बर्मा समेत भ्रमण गर्ने कार्यक्रम छ । चीन र बर्मा दुवै मुलुकको भ्रमणपछि क्षत्री २९ असारमा काठमाडौँ फर्किने कार्यक्रम तालिका छ । सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृतरथी पूर्णचन्द्र थापाले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्