टीकापुर अस्पतालमा अनौठो शिशुको जन्म, चार हात र चार खुट्टा !



काठमाडौं, असार १९
कैलालीको टीकापुर अस्पतालमा एक अनौंठो शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले सोमबार राति ११ बजे अनौठो शिशु जन्माएकी हुन्।

नवजात शिशुको चार हात, चार खुट्टा रहनुका साथै दुई मेरुदण्ड र ठूलो टाउको छ । नवजात शिशु जिवितै रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले जानकारी दिए । महिलाको यो पहिलो सन्तान हो ।

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्