बाढीबाट १० जनाको उद्धार



वीरगञ्ज, असार १९

अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ ।  प्रहरी चौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका आठ महिला र दुई पुरुष गरी १० जनाको गएराति सकुशल उद्धार गरेको हो ।

भिस्वा बजारभन्दा एक किलोमिटर पूर्वतर्फको भिस्वा–सबैठवा जोड्ने पुल नजिक रहेको खोलाको बाढीले गाउँ पस्दा १० जनालाई बगाएको थियो ।

गाउँलेहरुले सबैठवा नजिक रहेको खोलाको किनारको चौरमा गाईवस्तु चराउन एवं खेतमा काम गर्न गएको बेला साँझ एक्कासि बाढी पसेर उनीहरुलाई बगाएको थियो । बाढीको चपेटमा परेको गाउँले एउटा रुखको सहाराले उनीहरु ज्यान जोगाएर उद्धारको लागि चिच्याएको थिए ।

बाढीमा फसेका उनीहरुलाई राती उद्धार गरी घर पठाइएको भिस्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताउनुभयो । बाढीले एक वटा खसी बगाउनुकासाथै धानको ब्याड तथा खेतमा लगाइएका उखुबालीमा समेत क्षति पुर्याएको गाउँलेले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News