रसुवामा जीप दुर्घटना, दुईको मृत्यु



रसुवा, असार २०

उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् ।

सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर्षीय जीवन राई रहेका छन् ।

उनीहरुलाई उपचारार्थ काठमाडाैं पठाइएको छ । घाइतेको टाउको, खुट्टा र हातमा बढी चोट लागेको बताइएको छ । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीअन्तर्गत राजवंशी डोजर अपरेटर र घर्तीमगर कामदारको प्राथमिक उपचार गर्ने स्वास्थ्य सहायक भएको प्रहरीले जनाएको छ ।

आमाछोदिम्मो गाउँपालिका–५ मा भएको सो दुर्घटनामा बा १७ च ५३४५ नंको बोलेरो जिपका चालक धादिङ घर भएका अन्दाजी २४ वर्षीय प्रकाश तामाङ फरार रहेकाले उनको खोजीकार्य जारी राख्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News