ओखलढुंगामा दुखद दुर्घटना दुई जनाको मृत्यु.



ओखलढुंगा,असार ,२०  सुनकोसी गाउँपालिका ८ मा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको हो ।दुर्घटनामा परेर सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो ।

मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । उनीहरुलाई उद्धार गरेर सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोशीगाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिनुभयो ।

रोकेर राखेको अवस्थामा यात्रु चढ्न खोज्दा चिप्लिएर जीप भीरबाट १ सय ५० मिटर  तल खसेको स्थानीयले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News