हतियार बरामद



संखुवासभा, असार २१

संखुवासभा प्रहरीले ठूलो मात्रामा हतियार र गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सिलिचोेङ गाउँपालिका–५ का केदार राई, ४ का पूर्णकुमार राई, र सूर्यबहादुर तथा राई चिचिला–२ का सुरेन्द्र राई र भारत बिहारका मोहम्मद मुन्ना खानलाई सार्वजनिक गरिएको हो ।

उनीहरुका साथबाट ७६५७ युएसए लेखिएको पेस्तोल एक थान, गोली १४ राउन्ड, म्यागजिन र थ्रीनट थ्री राइफल दुई दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग गरिने गोली र विस्फोटक पदार्थ, डेटोनेटर, त्यसको खाली कभर दुई थान, एन्टेना जोडिएको सेतो रङको रिमोट, भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायत सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News