करेन्ट लागेर दुईको मृत्यु, एक घाइते



लहान, असार २२

करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा आज दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ का डवलु साहको घर बनाउने क्रममा सिधा पार्दै गरेको रडमाथिको बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरी का ३५ वर्षीय शम्भु मण्डलको मृत्यु भएको छ भने स्थानीय श्याम कापर घाइते भएका छन् ।

घाइते कापरको मिर्चैयास्थित रेखा नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै सिरहाकै धनगढी नगरपालिका–६ स्थित गणपैत यादवको घरमा काम गरी बस्ने उदयपुर गढी गाउँपालिका–८ का ४० वर्षीय कान्छा भन्ने चन्द्रबहादुर आलेमगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पानी तान्ने मोटर छुँदा करेन्ट लागेर आलेमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News