तालमा डुबेर दुई बालकको मृत्यु



हेटौँडा, असार २३

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News