मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते



काठमाडौँ, असार २३

आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुई जनामध्ये उपचारका क्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका शंखमूल बस्ने २२ वर्षीय रमन बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News