ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु



सुनसरी, असार २३

सुनसरीको ईटहरी उप–महानगरपालिका – १० ट्रान्सपोर्टस्थित कोशी राजमार्गमा आज दिउँसो ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु भएको छ ।
खनारबाट इटहरीतर्फ आउँदै गरेको को.२ त ४२३० नम्बरको ट्याक्टरका सह–चालक ईटहरी ५ बालग्राम बस्ने १७ बर्षिय अजय मल्लिकको मृत्यु भएको प्रहरी चौकी खनारले जनाएको छ । दिउँसो करिव पौने २ बजे गुडीरहेको ट्याक्टरमा चढ्ने क्रममा अचानक चिप्लिएर लड्दा ट्याक्टरको चक्काले च्यापेर उनी गम्भीर घाईते भएका थिए ।

उनलाई उपचारका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा ४ बजे मृत्यु भएको थियो । ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ भने ट्याक्टरलाई खनार प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News