तेह्रथुमका १७ हजार भन्दाबढी घरमा सूचनामुलक स्टिकर



तेह्रथुम, असार २५

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नागरिकको सूचना र सुरक्षाका लागि तेह्रथुमका १७ हजार भन्दाबढी घरधुरीमा सूचनामुलक स्टिकर टाँसेको छ ।

‘एक घर एक स्टिकर’ टाँस्ने अभियान अन्तर्गत प्रहरीले आज सम्म १७ हजार ७ सय ५२ घरधुरीमा स्टिकर टाँसेको जिल्ला प्रहरी कार्यालय तेह्रगुमका प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि प्रदेश नम्बर १, आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले जेठ १४ गतेदेखि घर–घरमा सूचना टाँस्ने अभियान थालेको थियो । त्यो अभियानका क्रममा प्रहरीले नागरिकका घर–घरमा पुगेर सूचनामुलक स्टिकर टाँसेका हुन् ।

प्रहरीले प्रदेश प्रहरी कार्यालय, विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर र टोल–फ्रि नम्बर उल्लेख भएको स्टिकर टाँसेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News