ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

उदयपुर, असार २५
उदयपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका वडा नं. ६ बाट अबैध लागूऔषध लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, डाईजेल्याव ५० एम्पुल सहित १ जना पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषधसहित कटारी घर भई हाल त्रियुगा वार्ड नंं. ११ का १९ वर्षीय चक्र तामाङलाई आज सार्बजनिक गवरेको छ ।
भारतबाट लागूऔषध खरिद गरेर पैदल आइरहेका तामाङलाई शंकाका आधारमा पक्राउ गरेर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताए ।
उनले लगातार लागूऔषधको ओसारपसारले गाइघाट लागूऔषध ट्रान्जिनट प्वाइन्ट बन्दै गएको बताए । उनले आफ्नो कार्यकालमा यति धेरै लागूऔषध ब्यापारी पक्राउपछि पनि अझै पक्राउ हुदै जानु उदयपुर बासीका लागि ठूलो चिन्ताको बिषय भएको बताए ।
प्रकाशित मिति: २५ असार २०७५, सोमबार
















