फलफूलका बिरुवा वितरण



तेह्रथुम, असार २६

तेह्रथुमको छथर गाउँपालिकाले कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि तीन हजार कृषकलाई २२ हजार ६ सय भन्दाबढी बिरुवा वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७४÷७५ को गाउँसभाबाट विनियोजित रकमले गाउँपालिकाले विभिन्न पकेट क्षेत्रको रुपमा तरकारी तथा फलफूलका बिरुवा वितरण गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । गाउँपालिकाको तमोरले छोएको सुख्खाग्रस्त क्षेत्रमा लिची, आँप र अनारका बिरुवा कृषकलाई निःशुल्क वितरण गरिएको हो ।

गाउँपालिकाको मध्यभागमा सुन्तला र कागतीका बिरुवा भने ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । माथिल्लो क्षेत्रमा तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि काउली, बन्दागोभी, मुला, गाँजर र अकबरे खुर्सानीको बीउ वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News