बाबुले चलाएको ट्याक्टरले किचेर छोराको ज्यान गयो
विराटनगर, असार २६
मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को २ त ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो ।
बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँमा खसेका थिए । भुईमा खसे लगतै पछाडीको चक्काले उनलाई किच्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना लगत्तै बाबु फरार भएकाले प्रहरीबाट उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २६ असार २०७५, मंगलबार
















