सञ्चार क्लबलाई ६० लाखको जग्गा सहयोग



मोरङ, असार २६

पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाललाई करिब ६० लाख रुपैयाँ बराबरको ६ कट्ठा जग्गा निःशुल्क प्राप्त भएको छ । उर्लाबारी–६ का जंगबहादुर कार्की, अमृत तामाङ र ज्ञानु बास्कोटाले उक्त जग्गा क्लबलाई दिनु भएको भएको हो ।

जग्गा मंगलबार कल्पना कार्की र राजकुमारी तामाङले मालपोत कार्यालय बेलबारीमा सञ्चार क्लब नेपालको नाममा रजिष्ट्रेशनपास गरिदिनु भएको हो । क्लबका अध्यक्ष सरोज बस्नेतले सहयोगी दाताप्रति आभार ब्यक्त गर्नुभएको छ । सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेत, सञ्चार क्लब नेपाल जग्गा खोज तथा भवन निर्माण समितिका संयोजक जयधर्म आचार्य र पूर्व अध्यक्ष रुपेन्द्र शेर्माको उपस्थितिमा रजिष्ट्रेशन पास गरी हस्तान्तरण गरिएको हो ।

जग्गा प्राप्त भएसँगै भवनसहितको बृहत गुरु योजना बनाएर अघि बढ्ने अध्यक्ष बस्नेतले बताउनुभयो । जग्गा खोज तथा भवन निर्माण समितिका संयोजक आचार्यले भवन निर्माणका लागि जग्गा प्राप्तसँगै बाटो खुलेको बताउनुभयो । उहाँले भवन निर्माणसँगसँगै सामुदायिक भवन र पार्कको योजना पनि रहेको बताउनुभयो । जग्गादाता कल्पना कार्कीले पत्रकारहरुको भवन निर्माणका लागि जग्गा सहयोग गरेको बताउनुभयो

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्