ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भोजपुर, असार २७
भोजपुरको हतुवागढी गाउँपालिकमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । घोडेटारबाट भोजपुर सदरमुकामतर्फ जादै गरेको को १ त ८६३१ नम्बरको खाली ट्याक्टरको ब्रेक फेल हुँदा हतुवागढी गाउँपालिका २ लुङ्गिन भन्ने स्थानमा सडकबाट तल खसेको हो ।
दुर्घटनामा ट्याक्टरका चालक हतुवागढी– ६ होम्ताङ बस्ने २७ वर्षिय कृपा राईलाई ट्याक्टरको अगाडीको भागले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा तीन जना सवार थिए । अन्य सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।
प्रकाशित मिति: २७ असार २०७५, बुधबार
















