बिर्तामोडका दुई मेनपावरमा शिलबन्दी


 


झापा, असार २८

झापाको बिर्तामोडमा सञ्चालित मेनपावारहरुमा छापा मारिएको छ । जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रहरी प्रशासनसहितको अनुगमनमा अवैधानिक रुपमा सञ्चालित दुईवटा मेनपावरमा शिलबन्दी गरिएको छ ।

पहिलो चरण अन्तर्गत गरिएको अनुगमनमा बिर्तामोडका दिपक खड्काद्वारा सञ्चालित एमडी ओभर्सीज तथा पुण्य खरेलद्वारा सञ्चालित कोशी इनटरनेश्नल ओभर्सीजमा शिलबन्दी गरिएको हो ।

कार्यालयको बोर्डबाहेक केही पनि कागजपत्र नपाइएपछि तालाबन्दी गर्नुपरेको जनाइएको छ । अनुगमन टोली बिर्तामोड बिनायक होटल उत्तरतर्फको गल्लीमा पुगेसँगै खैलाबैला मच्चिएको थियो । उक्त गल्लीमा आधा दर्जनभन्दा बढी मेनपावर कार्यालयहरु छन् ।

गैरकानुनी ढंगले ठूलो संख्यामा मेनपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २८ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्