छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु



राजविराज, असार २८

सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो ।

बा ७०प ८०९२ नंको मोटरसाइकललाई ना ५ख ४८१७ नंको बसले ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकलको पछाडि सवार २० वर्षीय रोशन चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कृष्ण सवरन गाउँपालिका–३ बस्ने चार वर्षीय जीवन मण्डलको खेल्ने क्रममा घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News