हात्तीको आक्रमणबाट घाईते
सुनसरी, असार २९
सुनसरीको कोशी गाउँपालिका – ४ स्थित जुद्धगंजमा आज बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट घाईते तुल्लालाई उपचारकालागी जिल्ला अस्पताल ईनरुवा पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । हात्तीलाई बिहान ४ बजे इलाका प्रहरी कार्यालय लौकही, सीमा प्रहरी चौकी भाण्टाबारी, प्रहरी चौकी श्रीपुर र स्थानीयबासीको सहयोगमा जंगलतर्फ लखेटीएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार
















