हराईरहेका चौधरी मृत फेला परे
असार,२९. उदयपुर त्रियुगा न.पा. १ बस्ने सुसिलकान्त चौधरी असार २५ गते देखि हराएकोमा खोज तलास गर्दै जाने क्रममा मिति २९ गते ०८.३० बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा. १ कंङ्ग खोलाको बगरमा बालुवाले पुरेको अबस्थामा चौधरी मृत अवस्थामा फेला परेको उनका बुबा झगरु चौधरीको ले बतायका छन, बर्ष ३० को सुसिलकान्त चौधरी २५ गते देखि घर बाट हराएकोमा प्रहरी ले खोज तलास गर्दै जाने क्रममा आज उनको शब फेला परेको जिप्रका उदयपुर का प्रमुख नबराज भट्ट ले जानकारी गरायका छन्, उक्त स्थान प्रहरी चौकी जोगीदह बाट १ कि.मि. पुर्बमा रहेको छ, खोलाको बगरमा बालुवाले पुरेको अबस्थामा चौधरी मृत फेला परे भन्ने जानकारी प्राप्त हुन साथ जिप्रका उदयपुर बाट प्रनाउको टोली,खटीगई अन्य अनुसन्धान कार्य भइरहेको समेत प्रमुख भट्ट ले जानकारी गराउनु भयो.
प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार
















