झापामा २१ वटा झोलुङ्गे पुल निर्माण



झापा असार २९

झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताउनुभयो ।

सात करोड ७७ लाख ९२ हजार २ सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण तीस हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको प्रमुख इञ्जिनियर श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झोलुङ्गे पुल निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक लीलाप्रसाद नेपालले बताउनुभयो । रासस

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्