Deshko News
१२ मंसिर २०८०, मंगलबार

बेलवारी नगरपालिकाद्धारा दुई वटा बिधेयक पारित


 


मोरङ, असार २९

असार ७ गते सुरु भई आजसम्मका लागि स्थगित मोरङको बेलवारी नगरपालिकाको नगर सभाको दोस्रो बैठकले दुई वटा बिधेयक पारित गरेको छ ।

सहकारी बिधेयक तथा न्यायीक समितिको बिधेयक नगरसभाबाटै पारित भएको छ । बेलबारी नगरपालिकाले आगामी आर्थीक बर्ष २०७५/०७६ का लागी दोस्रो नगरसभावाट ८० करोड २ लाख १४ हजार बराबरको बजेट सार्वजनिक गरी सकेको थियो ।

स्थगित भएको नगर सभाको दोस्रो बैठकले सहकारी सम्बन्धी स्थानिय तहले बनाएको बिधेयक तथा न्यायीक समितिको बिधयेक बहुमतले पारित गरेको हो । बिधेयक माथि छलफल गर्ने क्रममा वडा अध्यक्ष तथा सदस्यहरुले बनाईएका बिधेयकको कार्यान्वयनमा जोड दिएका छन् ।

वडा अध्यक्ष उदयबहादुर राई, नगेन्द्र खडका, चेतबहादुर बस्नेत तथा वडासदस्य खिना थापा, रमेश निरौला लगायतले बिधेयक कार्यान्यनमा ल्याएर एक वडा एक सहकारी स्थपना गर्नु पर्नेमा जोड दिनुभयो । स्थानिय तहमै मेलमिलापका माध्यमबाट काम गर्दे आएको न्यायिक समितिलाई बिधयेक बनेपछि न्यायीक काममा सहज हुने बताईएको छ ।

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्