माछा मार्ने क्रममा डुबेर मृत्यु



मोरङ, असार ३०

मोरङको मिक्लाजुङ गाउँपालिका –५ स्थित धानखेति भन्ने ठाउँमा हिजो बेलुका माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका – १ बस्ने अनिष तामाङको श्रीमती २७ बर्षिया शर्मिला तामाङ (राई) माईत आएको समयमा स्थानीय सोल्टी खोलामा माछा मार्ने क्रममा खोलाको पानीमा डुबेर गम्भीर हुनु भएको थियो ।

उहाँलाई उपचारका लागी तत्काल उर्लाबारीस्थित मंगलबारे अस्पताल ल्याईएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्