क्षेत्रिय कारागार झुम्कामा एक जनाको शंकाष्पद मृत्यु



लागुऔषध संम्बन्धि मुद्धामा कारागार चलान भई सुनसरी स्थित क्षेत्रिय कारागार झुम्कामा  कैदी जिबन बिताईरहेका सुनसरी पकली का  जिवन भोगिरहेका पेम्बा शेर्पाको मृत्यु भएको छ,इटहरी १७ स्थित पकलीका ३१ बर्षिय पेम्बा शेर्पाको गए राती कारागार बाट गम्भीर अबस्था मा उपचारको लागी धरानस्थि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुराउन साथ डाक्टर ले उनलाई मृत्यु भई सकेको जानकारी दियको थियो । शेर्पाको शरिर भरी निलडाम हरु भेटिए पछि शेर्पा का आफन्तहरुले उनको मृत्यु शंकाष्पद भएको भन्दै छानबिन गर्न माग गरेका छन।मृत्यु शंकाष्पद देखिएपछि आफन्तहरुले पोष्टमार्टम नगरी शव घर ल्याएका थिए । आफन्तजनले उनको हत्या कुटपिटबाट भएको दाबी गरेका छन्,आफन्तजनले शवको पोष्टमार्टम गर्ने कुरा बताएका छन् । उता झुम्का कारागारका हाल का निमित्त जेलर राजेन्द्र कार्की ले भने उनी रक्सीको अत्याधिक सेवन गर्ने भएकाले लडेर मृत्यु भएको बताए । कारागार ल्याएपछि बेहोस हुने र जथाभाबी टाँउको ठोकाउने लडीबुडी गर्ने गरेको ले हिजो राती ६ बजे लडेको र घाईते अवस्थामा उपचार गराउदा निज को निधन भयको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News