पाँचथरमा ट्याक्सी दुर्घटना : वडाध्यक्ष राईसहित ६ जना घाइते



पाँचथर, असार ३०

पाँचथरको फालेलुङ गाउँपालिका–६, बरभञ्ज्याङमा शनिबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा फालेलुङ–६, का वडा अध्यक्ष सुजाता राईसहित चार जना गम्भिर घाइते भएका छन् ।

सदरमुकाम फिदिमदेखि फालेलुङ गाउँपालिकासम्म जाँदै गरेको मे १ ज १२४० नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा वडा अध्यक्ष राईसहित उहाँका श्रीमान सुनिल वान्तावा, सोही वडाका दीपक राई र ट्याक्सी चालक घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अन्य दुईजना सामान्य घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि सदरमुकाम फिदिम ल्याउने काम भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News