बाइस हजार बिरूवा वितरण



इलाम, असार ३१

इलामको फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ ।

उक्त शाखाले एक/एक हजार सुन्तला र कागती, २० हजार अलैँचीका बिरूवा वितरण गरेको कृषि प्राविधिक कुशेश्वर यादवले बताउनुभयो । कृषिले यहाँका चार वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा मिनिपावर ट्रिलर पनि वितरण गरेको छ ।

कुवापानी कृषि सहकारी, जोरधारा कृषि सहकारी, दोकानडाँडा कृषि सहकारी संस्थालाई खेतबारी जोत्नका लागि अनुदानमा मिनि ट्रिलर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी तरकारी खेतीका लागि पाँच वटा प्लास्टिक पोखरीसमेत वितरण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News