उर्लाबारी नगरपालिकाले जोड्यो सिसीटीभी


 


उर्लाबारी, असार ३२

उर्लाबारी नगरपालिकाले मुख्य चौकमा चार वटा सिसी क्यामरा जडान गरेको छ । उर्लाबारी नगरपालिकाको लगानीमा मुख्य चौक क्षेत्रमा भ्यापर लाईट सहित चार वटा सिसी क्यामरा जडान गरिएको मेयर खड्गबहादुर फागोले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब रु ११ लाखको लागतमा ४ वटा नाईट भिजन क्यामरा जडान गरिएको हो । क्यामरा जडानले उर्लाबारीमा हुने अपराधिक गतिविधि र सडक दुर्घटना कम हुन्छ’ मेयर फागोले भन्नुभयो,–‘योसंगै व्यवसायीक सुरक्षा पनि हुनेमा विश्वास छ ।’ सिसी क्यामरा नगरपालिकालको ७५ प्रतिशत र उर्लाबारी उद्योग बाणिज्य संघको २५ प्रतिशत लगानीमा जडान गरिएको हो ।

जडान भएका क्यामराहरुको निगरानी इप्रका उर्लाबारीले गर्नेछ र त्यसको सवै विवरण इप्रका उर्लाबारीले नै रेकर्ड राख्ने छ ।

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्