रेष्टुरेन्टमा आगलागी हुँदा रु ६० लाखको क्षति



मोरङ, साउन ३

विराटनगरस्थित पाञ्चाली गीत गजल एण्ड रेष्टुरेन्टमा आज बिहान आगलागी भएको छ । आगलागीबाट अन्दाजी ६० लाख बराबरको धनमाल जलेर क्षति भएको पीडितले बताएका छन् ।

विराटनगर –१२ स्थित योगेश श्रेष्ठले संचालन गरेको सो रेष्टुरेन्टमा बिहान करिब ४ बजेतिर विधुत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगोलाई विराटनगर महानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा ५ः३० बजे नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]il.com
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News