‘भोजपुर प्रतिभा सम्मान’ मन्जुललाई


 


भोजपुर, असोज ८

manjulवरिष्ठ कवि मन्जुललाइ ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली भाषा, साहित्यको क्षेत्रमा दिएको उल्लेखनीय योगदानको कदर गर्दै वरिष्ठ कवि मञ्जुललाई उक्त सम्मान प्रदान गरिने भएको छ ।वरिष्ठ कवि मञ्जुल अर्थात् मेघराज शर्मा नेपालले लामो समयदेखि नेपाली भाषा, साहित्यमा दिनु भएको योगदानको उच्च कदर गर्दै ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

कवि मञ्जुल साहित्यकार तथा गायक हुन्। उनलाई साहित्यीक नाम ‘मञ्जुल’ अथवा ‘मञ्जुल राल्फा’ का उपनामले चिनिन्छ। उनको नेपाली साहित्यको कविता तथा निबन्ध विधामा उल्लेखनिय योगदान छ।

राल्फा आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यीक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुल पछि गएर साहित्यीक लेखन नै मुख्य क्षेत्र बन्यो। भाषा साहित्यको क्षेत्रको उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको छ।

सन् २००८ मा स्थापन भएको भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले साहित्य, सङ्गीत तथा खेलकुद विधामा योगदान दिएका भोजपुरे व्यक्तित्वहरुलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ ।

यसअघि साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’,साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिबी लुगुन,वरिष्ठ कवि शैलेन्द्र साकार सम्मानित भैसकेका छन् भने कवि श्रवण मुकारुङ, गायक तथा संगीतकार दिनेश बान्तवा, कवि विप्लव ढकाल र कवि विमल गिरीलाई पुरस्कृत भैसकेका छन् ।

‘भोजपुर प्रतिभा सम्मान’ दोसल्ला र ताम्रपत्रसहित १० हजार रुपैयाँ नगद थैली रहेको छ । सम्मान तथा पुरस्कार आगामी केहि महिना पछि काठमाडौँमा एक भब्य समरोहकोबिच प्रदान गरिने कुरा प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्