वयस्क जंगली हात्ती मृत फेला



भद्रपुर, साउन ३

झापाको बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । सड्न लागेको अवस्थामा फेला परेको भाले हात्तीलाई जिल्ला वन कार्यालय झापाको टोली, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोली र स्थानीयवासीको रोहबरमा आज मुचुल्का तयार गरी खाल्टोमा पुरिएको छ ।

बुधबार दिउँसो घाँस दाउरा गर्न सामुदायिक वन पुगेका स्थानीयवासीले दुर्गन्ध आएपछि खोज्दा मरेको हात्ती फेला परेको थियो । उनीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अनिरुद्धप्रसाद साहका अनुसार मरेको हात्तीको दाह्रा र दाँत दुवै निकालिएको अवस्थामा छ । मृत हात्तीको उमेर करीब ४५ वर्ष रहेको बताइएको छ ।
हात्तीलाई कसैले मारेको हो कि आफैँ मरेको हो भन्ने विषयमा वन कार्यालय र प्रहरीले अनुसन्धान गरिरहेको सहायक वन अधिकृत साहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News