शिवपुरी धाम परिसरमा झुण्डिएको अवस्थामा युवकको शव फेला


 


धनगढी, साउन ६
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित प्रशिद्ध धार्मिकस्थल शिवपुरी धाम परिसरमा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

मन्दीर नजिकैको रुखमा झुण्डिएको अवस्थामा २२÷२३ वर्षका युवकको शव विहानै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शव परिक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रहरीले शवको पहिचान गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्