स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु



काठमाडौँ, साउन ६

काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।
गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनाबाट घाइते थानीको उपचारका क्रममा राति १ः३० बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी दिनुभयो ।

स्कुटरमा सवार रहेका दुई जना पनि घाइते भएकाले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । साइकललाई ठक्कर दिएको स्कुटरसमेत नियन्त्रण गुमाएर पल्टिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News