चलचित्र निर्देशक यादवको निधन



राजविराज, साउन ३०
मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त हुनुहुन्थ्यो ।

यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गर्नुभएको छ । उहाँले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गर्नुभएको छ ।

उहाँले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गर्नुभएको छ । “यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चित हुनुहुन्थ्यो,” मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News