प्रदेश १ लाई बालविवाह मुक्त घोषणा गरिने



विराटनगर, भदौ १

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी पाँच वर्षभित्रमा यो प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा आजदेखि यहाँ शुरु भएको प्रदेशस्तरीय बालिका सम्मेलनको उद्घाटन गर्दै उहाँले सम्मेलनले बालविवाह मुक्त प्रदेश घोषणा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री धिमिरले आजका बालिका नै ‘समृद्ध नेपाल सुखी नेपाली’” निर्माणको आधारस्तम्भ भएको उल्लेख गर्दै बालविवाह न्यूनीकरणका लागि प्रदेशको १४ वटै जिल्लामा विशेषदूत राखिने जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बालहिंसाको अन्त्य, बालविवाह न्यूनीककरण र बालबालिकालाई पढ्ने, सिक्ने अवसर दिनका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा प्रदेश नं १ का १४ जिल्लाबाट एक जना किशोर र दुईजना किशोरी गरीे १५० जना बालबालिकाको सहभागिता छ । सम्मेलनमा बालविवाह, किशोर किशोरीको समस्या, बालहिंसालगायत समस्यामा वृहत छलफल गरी त्यसको समाधानका उपाय खोजिने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News