दुई वृद्धवृद्धा मृत फेला



सुर्खेत, भदौ ४
सुर्खेतमा दुई दिनमा एक वृद्ध र एक वृद्धा मृत फेला परेका छन् । यही भदौ २ र ३ गते दुईजना वृद्ध, वृद्धा मृत अवस्थामा फेला परेका हुन् ।

गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको र २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने भन्ने जङ्गलमा मृत भेटिएको सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

दुवै जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News