संखुवासभामा मृगलाई हानेको गोली लागेर दाईको मृत्यु



संखुवासभा, भदौँ ४

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका–८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् ।

मृतक हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा गएराति शिकार खेल्न गएका थिए । रत्नबहादुरले मृगलाई चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुई थान भरुवा बन्दुक,, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ । घटनास्थलबाट समेत १ थान भरुवा बन्दुक बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News