ट्रकको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु


 


चितवन, भदौ ५
चितवनको भरतपुर महानगरपालिका ११ मा गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई दुई पैदल यात्रुको मृत्यु भएको हो ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएको थियो । मृतकको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्