सर्पको बिगबिगी, पाँच दिनमा १८ जना अस्पताल भर्ना



बर्दिवास, भर्दा ६
महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पको बिगबिगी बढेको छ ।

जसले गर्दा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँच जना अझै उपचारकै क्रममा छन् ।

यसअघि गत साउन मसान्तसम्म केन्द्रमा एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ । विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको केन्द्रमा आर्थिक वर्ष २०७४÷०७५ सम्म सर्पदंशका एक हजार चार बिरामीले उपचार पाएका थिए ।

तीमध्ये आर्थिक वर्ष २०७१÷०७२ मा १६५, आव २०७२÷०७३ मा २७०, आव २०७३÷०७४ मा २७३ र आव २०७४÷०७५ मा २९६ जनाले उपचार लिएको अभिलेख छ ।

चालु आर्थिक वर्षको साउनमा ६७ जनाले उपचार लिएको तथ्याङ्क छ । जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News